• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन २३ गते शनिवारकाे राशिफल, आज चन्द्रघण्टा भगवतीको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन २३ गते शनिवार तदनुसार ई. सं. २०२१ अक्टोबर ०९ तारिख, राक्षस नामक संवत्सर, शाके:–१९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :–
११४१, ( कौलाथ्व ), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:४० बजे, चन्द्रोदय : बिहान ०८:१० बजे र चन्द्रास्त : बेलुका ०७:४३ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे, आश्विन शुक्लपक्षको तृतीया तिथि, दिउँसो ११:१८ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, विशाखा नक्षत्र, बेलुका ०९:१६ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०३:४० बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, प्रीति योग, मध्यरात्रीपूर्व ११:४० बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा गर करण दिउँसो ११:१८ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:०७ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : शुभ, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : सूर्योदयपूर्व ०१:४४ देखि मध्यरात्रीपछि ०२:०० सम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,

आज : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, वैनायकी श्री गणेश चतुर्थी व्रत, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भोज र मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबार पनि राम्रै सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार