• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन २४ गते आइतवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन २४ गते आइतवार तदनुसार ई. सं. २०२१ अक्टोबर १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.
:– ११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, चन्द्रोदय : बिहान ०९:०२ बजे र चन्द्रास्त : बेलुका ०८:४४ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे, आश्विन शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०८:५६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अनुराधा नक्षत्र, बेलुका ०७:३७ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बेलुका ०८:३४ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायक र खुसीको यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान पनि हराउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार