• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

सुनसरी तनावग्रस्त : प्रहरी कार्यालयमा कुटिए प्रहरी, अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार (तस्विरहरु सहित)


इनरुवा / प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले
प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।झडपमा प्रहरी सहित

एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् । उता जिल्लाप्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटी भीक्यामेरामा स्पष्ट अात्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि उग्र बनेको समूहप्रहरी माथिजाई लागेको थियो । झडपकाक्रम माप्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमाठुलो संख्यामाप्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।


स्रोत : पुर्बेली न्युज।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार