• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ आश्विन २५ गते सोमवारकाे राशिफल, स्कन्दमाता र कात्यायनी भगवती कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ आश्विन २५ गते सोमवार तदनुसार ई. सं. २०२१ अक्टोबर ११ तारिख, राक्षस नामक संवत्सर, शाके :१९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.:–
११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे, चन्द्रोदय : बिहान ०९:५४ बजे र चन्द्रास्त : बेलुका ०९:४५ बजे, इटहरी,

सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:३० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे, आश्विन शुक्लपक्षको पञ्चमी तिथि, बिहान ०६:३० बजेसम्म, त्यसपछि षष्ठी तिथि, मध्यरात्रीपछि ०४:०७ बजेसम्म, अन्तिममा सप्तमी तिथि (तिथि टुटेको दिन), ज्येष्ठा नक्षत्र, साँझ ०५:५६ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०५:५६ बजेसम्म, त्यसपछि धनु राशिमा, सौभाग्य योग, साँझ ०५:२७ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा बालब करण बिहान ०६:३० बजेसम्म, त्यसपछि कौलव करण साँझ ०५:१८ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधा आउन सक्छ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसिक चिन्तापनि बढ्न सक्छ । प्रणयसम्बन्ध र ईच्छा बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता पनि भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा बाधा आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार