• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

इतिहास रच्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा


नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ।नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिन
को आफ्नो अन्तिम खेलमा१/१को बराबरीमा रोकेको हो।सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी

एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधैं रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो । यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ ।बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरे ।फ्रि किकमा प्राप्त बललाई अन मार्क रहेको रेजाले सजिलै गोल गरे । खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुके । गौत्तम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके ।

त्यसमा किरणले उत्कृष्ट बचाउ गरे । अञ्जन विष्टले ५९ औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो । खेल सुरु हुन अगाडि टिम सूचीमा रहेका पुजन उपरकोटी भने मैदानमा उत्रन सकेनन् । टिम वार्म अपका क्रममा उनी घाइते भएका थिए र उनको स्थानमा विशाल राईले मौका पाएका थिए ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपालले फाइनलमा स्थन बाएको हो ।
साफ च्याम्पियनसिप : नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो
साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ । खेलको अन्त्यतिर पाएको पेनाल्टीम नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् ।

बंगलादेशका गोलकीपरले पाए रातो कार्ड

साफ च्याम्पियनसीपअन्तर्गत भइरहेको नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धामा बंगलादेशका गोलकीपर जिकोले रातो कार्ड पाएका छन् । गोलकीपर जिकोले डिबक्स बाहिरबाट हातले बल बचाउन खोजेपछि उनलाई रेफ्रीले रातो कार्ड दिएका हुन् ।

उनले रातो कार्ड पाएपछि अब बंगलादेशको टीम १० जनामा सीमित भएको छ । जिकोले खेल सुरु भएको ७८औँ मिनेटमा रातो कार्ड पाएका हुन् ।माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा नेपाल अहिले १-० ले पछाडि रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार