• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

साफ च्याम्पियनशिपपछि राजीनामा दिने मुख्य प्रशिक्षक अलमुताइरीकाे घाेषणा


नेपालीफुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसके
को बताएका छन्।नेपालले बंगलादेशलाई १–१को बराबरीमा रोकेर फाइनल प्रवेश गरेयता आयोजित प्रेस मिटमा उनी आक्रामक भएर प्रस्तुत भएर आफ्नो धेरै आलोचना भएकोमा नेपाली

मिडियाको आलोचना पनि गरे ।उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।खेलको विश्लेषण गर्नेक्रममा उनले भने, ‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’खेलमा अञ्जन विष्टले पेनाल्टीबाट नेपालका लागि गोल गरेका थिए र त्यो पेनाल्टीको निर्णय विवादास्पद पनि रह्यो । यसबारे बोल्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘यो निर्णय ठीक थियो अथवा थिएन म ठ्याक्कै भन्न सक्दिनँ । त्यसो भनेमा त्यो झूट हुनेछ । तर म नेपाली टिमको प्रशिक्षक भएको हुनाले त्यस निर्णयको विपक्षमा बोल्दिनँ ।

प्रशिक्षक अल्मुताइरीको त्यो ‘सेलिब्रेसन’
नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्राय: चर्चामा रहिरहन्छन् । साफ च्याम्पियनसिप २०२१ मा नेपालले श्रीलंकालाई सोमबार राति ३–२ ले हराउँदा उनको गोल ‘सेलिब्रेसन’ अहिले खुबै चर्चाको विषय बनेको छ ।त्यस खेलमा नेपालका लागि पहिलो गोल सुमन लामाले गरेका थिए र त्यसपछि अल्मुताइरीले दिल खोलेर ‘सेलिब्रेसन’ गरे ।अहिले त्यही ‘सेलिब्रेसन’ को भिडियो क्लिप सामाजिक भाइरल भइरहेको छ । खासमा यी कुवेती प्रशिक्षक आफ्ना गोल ‘सेलिब्रेसन’ का लागि अहिले मात्र होइन्, यसअघि पनि चर्चामा आइसके । यसपल्ट भने विशेष रह्यो । नेपालले श्रीलंकाविरुद्ध उनको नेतृत्वमा खेलेको आठौँ खेल मात्र थियो र यसबीच नेपालले १० गोल गरिसकेको छ । खेलको नवौँ मिनेटमा प्रशिक्षक अल्मुताइरीलाई पहेँलो कार्ड देखाइएको थियो ।

यी सबै दसै गोलमा उनको ‘सेलिब्रेसन’ फरक-फरक जस्तै रह्यो, तर विशेष पनि रह्यो । जस्तो, नेपालले अहिलेको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई एकै गोलले पराजित गर्दा पनि उनको खुसीयाली मनाउने तरिका फरक रह्यो । त्यसमा गोल गर्ने खेलाडी मनीष डाँगी थिए र उनी गोलपछि सबैलाई छल्दै छल्दै प्रशिक्षकसम्म आइपुगे ।प्रशिक्षक अल्मुताइरी मनीषलाई नै पर्खिरहेका थिए र दुवै अँगालोमा बेरिए, अनि मैदानमै लडे । अल्मुताइरीको नेपालका लागि पहिलो खेल इराकविरुद्धको अन्तर्राष्ट्रिय फ्रेन्डली थियो र त्यसमा मनीषले एक गोल गरेका थिए । त्यति बेला पनि अल्मुताइरीको खुसीको सीमा थिएन् । खासमा अल्मुताइरीको प्रत्येक प्रतिक्रिया आक्रामक हुने गर्छन् ।

चाहे त्यो खुसीयाली होस अथवा विरोध र आक्रोश पोख्ने अवसर । प्रत्येक गोलपछि उनी आफ्ना दुई सहयोगीसँग पनि खुसीयाली मनाइरहेका देखिन्छन्, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकाश मल्लसँग । अनि आफ्नै खेलाडीलाई उत्प्रेरित रहन पनि उनी गोलमा उनको ‘सेलिब्रेसन’ विशेष हुने गर्छ ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार