• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

साफ च्याम्पियनसिप फाइनल : नेपालसँग इतिहास रच्ने अवसर तर खेलाडीको मनोबल गिराउने नियत, प्रशिक्षक अलमुताइरी निलम्बित


नेपालर भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ। नेपाल
पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको

थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो । प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।
खेलाडीको मनोबल गिराउने नियत : प्रशिक्षक अलमुताइरी निलम्बित
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवाैँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

‘मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।

‘आफ्नै नियमलाई पालना नगर्ने हो भने किन राखेको ?,’ उनले प्रश्न गरे । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको पनि अलमुताइरीले गम्भीर आरोप लगाए ।‘साफलाई सायद नेपालले निकालेको नतिजा मनपरेको छैन । र, यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यो गरेको हुनसक्छ । म ठ्याक्क भन्न सक्दिनँ,’ उनले भनेका छन् । नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै निलम्बन लागू हुने बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार