• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सेती नदीमा १० परिवारका करीब ६० जना फसे, उद्धारमा कठिनाइ, हेलिकप्टर बाट उद्दार गर्ने तयारी


धनगढी।अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६०
जना फसेका हुन् ।वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए ।बाढीले सेती नदीको छेउमा रहेको

खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ । वडाध्यक्ष धामीले केन्द्रिय सरकार संग हेलिकप्टर मागिएको जानकारी दिए ,उनले भने सकेसम्म स्थानीय स्रोत साधन पर्योग गर्ने नत्र हेलिकप्टर मगाएर भएपनि उद्दार गर्ने तयारी छ। बैकल्पिक उपाय बारे पनि छलफल भैरहेको छ।

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।हाम्रो गाउँपालिकाका अध्यक्ष काम विशेषले काठमाडौँ जानुभएको थियो ।

जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र । तस्बिर : मीन ठकुरी/रासस

उहाँ अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवारटार पुग्नुभएको छ,’ धामीले भने, ‘म धनगढी आएको थिएँ, अहिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छु । मन्त्री ज्यू पनि कञ्चनपुर जानुभएको रहेछ । मौसम सफा हुने बित्तिकै हेलिकप्टर पठाउने आश्वासन दिनुभएको छ ।’

उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको वडाध्यक्ष धामीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार