• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार ( भिडियो सहित ) बाढीपहिरो व्यवस्थापनका लागि २५ करोड निकासा


धनगढीकञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढी
मा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक

(डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको जाकारी दिए।उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।

बाढीपहिरो व्यवस्थापनका लागि २५ करोड निकासा दिने सुदूरपश्चिम सरकारको निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने निर्णय गरेको छ ।मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि खडा गरिएको विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार आइतबारदेखि परेका वर्षापछि आएको बाढी तथा पहिरो प्रभावित जिल्लालाई २५ लाखका दर बजेट दिने निर्णय समेत गरिएको छ । उक्त रकम जिल्लास्थित स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्नेछ ।सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि परिरहेको वर्षाले कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो गएको छ भने तराइ क्षेत्र डुबानमा परेको छ ।

मंगलबार दिउँसोसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् । कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन्।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार