• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

वि.सं. २०७८ कार्तिक ०३ गते बुधवारकाे राशिफल, श्री गणेशकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ कार्तिक ३ गते, बुधवार,२० अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष,पूर्णिमा तिथि (१९ः४० बजेदेखि कार्तिक कृष्ण प्रतिपदा)। रेवती नक्षत्र (१४ः३३ बजेदेखि अश्विनी)। चन्द्रराशि– मीन (१४ः३३ बजेदेखि मेष)। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, चन्द्रोदय : दिउँसो ०४:१३ बजे र चन्द्रास्त : भोलि

बिहान ०४:३७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न पनि गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार