• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमालेको दशौं महाधिवेशन चितवनमा हुने


काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ।बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन चितवन
मा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए । महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय

मूल व्यवस्थापन समिति गठन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताएका थिए ।

यो पनि
सिके राउतका ६२ जना कार्यकर्ता पक्राउ

ढल्केवर(धनुषा) : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचार गरेको भन्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश्वर कुशवाहामाथि अमानवीय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

जनमत पार्टीका ६२ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि बिहीबार मध्यान्न जनकपुरधामको रामानन्द चोकस्थित आयोजनाको कार्यालयमा भाटासहित पुगेका जनमत पार्टीका दर्जनौं नेताकार्यकर्ताले कुशवाहालाई उनकै कार्यकक्षबाट बाहिर निकालेर कुटपिट गरेका थिए। उनीहरुले निमित्त प्रमुख कुश्वाहाले लगाएको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर बजार घुमाएका थिए। कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर बजार घुमाउने क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो।

त्यसपछि आफ्ना कार्यकतालाई पक्राउ गरेको भन्दै रिहाईको माग गर्दै पार्टीका अन्य नेता कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए। त्यही क्रममा थप ५२ जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले जनाए।‘हामी अनुसन्धान गर्दैछौं। दुर्व्यवहार गर्ने कार्यमा संलग्नलाई कानून बमोजिम कारवाही हुन्छ। यतिसम्मको अमानवीय व्यवहार गर्न मिल्छ र भन्या? उनीहरुलाई कारवाही प्रक्रियामा त लानैपर्छ,’ डीएसपी बस्नेतले अन्नपूर्णसँग भने।

यता आफ्नो कार्यकता रिहाइको माग गर्दै पार्टीका अन्य नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिइरहेका छन्। पक्राउ परेका कार्यकर्ताको रिहाई नगरेसम्म आफूहरुको धर्ना तथा प्रदर्शनको कार्यक्रम जारी रहने जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले बताए।जनकपुरमा अहिले जिल्ला प्रहरी कार्यालय क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार