• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले बैठकमा भीम रावलले राखेको फरक मत र कार्यदलबाट राजीनामा दिने घोषणा ले एमालेमा तरंग


नेकपाएमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन्।उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी
नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् ।उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति

कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् । ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उनले बैठकपछि भने, ‘त्यो कार्यान्वयन गर्दाखेरी कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो ।’ तर प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णयमा आफ्नो विमति रहेको उनले बताए ।

भीम रावलले दिए राजीनामा
नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए ।कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए ।

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् ।प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।अध्यक्ष केपी शर्मा ओलीले सुरुमा सहमति कार्यान्वयन हुने बताए पनि स्थायी समितिमा कार्यान्वयन नहुने आसय सुनाएपछि रावलले फरक मत र राजीनामा पेश गरेका हुन्।

सहमति अनुसार पार्टी विधान र अन्तरपार्टी निर्देशनमा समेत दश बुँदेको आसय समेट्ने भनिए पनि त्यसो हुन नसकेको रावलले बताए। पार्टीमा आफ्नो भूमिका के हुने भन्ने विषय गौण रहेको रावलले बताए। तर, पार्टी, प्रवक्ता प्रदीप ज्ञवालीले दश बुँदे कार्यान्वयनमा केही समस्या रहेको भन्दै आउँदो केन्द्रीय कमिटी बैठकसम्म विवाद मिलाउने दाबी गरे। एमालेले कात्तिक ११ गते केन्द्रीय कमिटी बोलाएको छ। भने, केन्द्रीय कमिटीको निर्णय स्वीकृत गर्न १२ गते स्थायी समिति बैठक बोलाएको छ। केन्द्रीय कमिटीमा महाधिवेशन प्रतिनिधि छनोट र मापदण्डबारे छलफल गर्नेछ।

यस्तै, बैठकले आगमी महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको छ। बैठकले दशौँ महाधिवेशन व्यवस्थापन समितिलाई पूर्णता दिएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार