• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक ०६ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक ०६ गते शनिवार तदनुसार ई. सं. २०२१ अक्टोबर २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.
:– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०५:१९ बजे, चन्द्रास्त : बिहान ०७:४३ बजे र चन्द्रोदय : साँझ ०७:०९ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:३० बजे, कार्तिक कृष्णपक्षको तृतीया तिथि, मध्यरात्रीपछि १२:४५ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, कृतिका नक्षत्र, बेलुका ०९:०१ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, बेलुका १०:४६ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा वणिज करण दिउँसो ११:४२ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक झमेला रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार