• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा


काठमाडौं नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको
स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।‘प्रवेश कार्यक्रम चाँडै हुन्छ । पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ,’ गुरुङले भने ।उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि

खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।
माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छ : ओली
काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले पार्टीबाट केही अनुशासनहिन र अराजक तत्वहरुमात्रै बाहिरिएको बताएका छन् । उनले आगामी चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरे ।

‘हाम्रो पार्टीबाट केही अनुशासनहिन, अराजक तत्वहरु बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्नुहुँदैन । सबैलाई कुहाउँछ । त्यसकारण कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेजस्तै हो । माधव नेपालबाहेक अरु साथीहरु पार्टीमा फर्किए हुन्छ,’ आइतबार झापामा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘बिग्रिएका तत्वहरु थुपारेर काम छैन । त्यसकारण मैले भनेको हो, माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ दिँदैन । अरु साथीहरु फर्किए हुन्छ ।’

उनले एमालेले मात्रै देश बनाउन सक्ने दाबी गरे । ‘हामी फेरि चुनाव जित्छौँ । हामी देश बनाउन सक्छौँ,’ उनले भने, ‘अहिले संसद्मा‌ जे फुर्ती–फार्ती छ, त्यो हामीले गर्दा भएको हो । आगामी चुनावमा माधव नेपालले जितेर देखाउन्, प्रचण्डले चुनाव जितेर देखाउन् ।’

अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारमै ३ महिना लगाउने दलहरुबाट अब नेपाली जनताले कुनै अपेक्षा नराख्न आग्रह गरे । ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन्, त्यो हामीले जोगाइ दिएको हो । अब त समानुपातिकमा बस्छन्, आउँला र खाउँला भनेर, तर त्यो हुनेवाला छैन,’ उनले भने, ‘जनस्तरमा जाँदा यिनीहरुलाई मोर्चा बनाउन् कि मर्चा हालुन् कि जेसुकै गरुन् । कसले भोट दिन्छ ? यी विनाशकारी, विध्वंशकारी, भड्काउने तत्व हुन् । यी अस्थिरता ल्याउने तत्व हुन् । स्थिरता बनाउने तत्व होइनन् ।’

उनले जनताले अब सत्तारुढ दलहरुलाई भोट माग्न जाँदा परमादेश माग्न अदालत जाऊ भनेर पठाइदिने बताए । ‘अब यिनलाई जनताले भोट दिँदैनन् । अब त भन्छन्, जाऊ न अदालत, परमादेश लिएर आऊ भनेर । किनकि यो जनताले बनाइदिएको सरकार नै होइन ।’

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार