• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

मन्त्रिपरिषद् विस्तार गर्न तीन महिना लाग्ने सरकारबाट केही अपेक्षा छैन, चुनाव जितेर देखाउन प्रचण्ड र नेपाललाई ओलीको चुनौती


एमाले अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्न तीन महिना लगाउने गठबन्धनबाट केही आस गर्न नसकिने बताएका छन्।आइतबार झापाको बिर्तामोडमा भएको
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो सरकारबाट कुनै आस नराख्न आग्रहसमेत गरे । ‘यो सरकारबाट के अपेक्षा गर्ने ? तीन महिनामा २५ जना मन्त्री बनाएको एकजना त तीन दिनमा

गए,’ ओलीले भने । उनले आउँदो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई जितेर देखाउन चुनौती दिए ।उनले प्रचण्ड र नेपालले एमालेका कारण संसदमा फुर्ती देखाएको आरोप लगाए । ‘माधव नेपाल र प्रचण्डले एमालेका कारण संसदमा फुर्ती देखाइरहेका छन् । आउने चुनावमा जितेर देखाउन्,’ उनले भने, ‘अब आउँदो चुनावमा एमालेले जित्छ । देश बनाउँछ ।’

एमालेले इर्ष्याको भावले काम नगर्ने दाबी गरे । अहिलेको सरकारले इर्ष्याको भावले काम गरिरहेको उनको आरोप थियो । ‘हामीले कर्मचारी प्रशासनमा लामो अनुभव भएकालाई राजदूत बनाएका थियौँ, अन्य नियुक्ति गरेका थियौँ । सचिव हुँदै मुख्य सचिव भएकालाई राजदूत बनाएका थियौँ । तर, यो सरकारले फिर्ता बोलायो,’ उनले भने, ‘उहाँहरू पार्टीको केही हैन । राम्रो भएकाले बनाएका थियौँ । उनीहरूले एमालेले नियुक्ति गरेकै कारण फिर्ता बोलाए । हामी इर्ष्या राखेर काम गर्दैनौँ ।’

जनताको अदेशबाट सकार बनाउँछु भन्दा प्रतिगमन भन्नेले दक्षिणपन्थी सरकार बनाएको दाबी गरे । ओलीले जनताले आउँदो निर्वाचनमा भोट माग्न जाँदा सत्ता गठबन्धनलाई परमादेश माग्ने अदालत जानू भन्ने दाबी गरे ।

ओलीले नेकपा (एस)मा रहेको माधव नेपालबाहेकका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गरे । तर, माधव नेपाललाई भने एमालेमा कुनै स्थान नभएको बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार