• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

प्रधानन्यायाधीशले भने, ‘सडकमा राजीनामा माग्दैमा म राजीनामा दिन्नँ’


प्रधानन्यायाधीशचोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन्।आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट
छलफल गरेका थिए । सो क्रम मा जबरा ले न्यायालय सडक को दबाब मा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।‘मेरो संवैधानिक नियुक्ति हो ।

बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । तपाईंहरुमाथि पनि प्रश्न उठेका छन्, के तपाईंहरु राजीनामा दिनसक्नुहुन्छ ?,’ जबराको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’ सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका थिए । न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायाधीश पनि सर्वोच्च अदालत फर्केका छन् । न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् ।​प्रधानन्यायाधीशसँग मंगलबार १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । सो छलफलपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । राजनीतिक नियुक्तिमा भागबण्डाका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै यतिबेला प्रधानन्यायाधीश जबरा चौतर्फी आलोचनाको केन्द्रमा रहेका छन् । सोमबार ​न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।

चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् ।फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ ।अहिले जबरालाई भेटेका न्यायाधीशहरु छलफलमा छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार