• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

नेपालसँग तीन वर्षको सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत


काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)काअध्यक्ष
कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसन सँग भएको छलफल पछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् ।‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक

गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।
अजरवैजानका नुर्लान र सदिकले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने
शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगका लागि अजरवैजानका दुई खेलाडी भित्र्याएको छ ।

गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) खेलेका नुर्लान नुभ्रोजोभसहित अर्का खेलाडी सदिक गुलिएभ मछिन्द्रबाट लिग खेल्न नेपाल आएका हुन् ।मछिन्द्रले दुवै खेलाडी बुधबार काठमाडौं आइपुगेको जनाएको छ । ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ ।

नुर्लानले यसअघि नेपाल आउँदा ललितपुर सिटीबाट एनएसएल खेलेका थिए । जसमा उनले ६ खेल खेल्दै दुई गोल गरेका थिए । २८ वर्षीय पर्वार्ड नुर्लानले अजवैजान कपसमेत जितेका छन् ।

यस्तै २६ वर्षीय सेन्टरब्याक सदिकले अजरवैजानको यु-२३ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले पछिल्लो पटक क्वाबला एफसीबाट खेलेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार