• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

मुख्यमन्त्री पाण्डेसँगै शपथ लिने तीन मन्त्रीको नाम तय : माधव नेपाल भन्छन ‘सपना सबै उडाए ओलीले’


बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस,
माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्ने भएका हुन् ।पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, काँग्रेसका कृष्णलाल भँडेल

र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने भएका हुन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको रातोपाटीलाई बताए । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको उनको भनाइ छ । प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएकी थिइन् ।उनको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि विहीबार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । त्यस लगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठ्छौं : नेपाल

‘सपना सबै उडाए ओलीले’
धनगढी : नेपाल कम्युनिस्‍ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन नभएर नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ विद्रोह भएको बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले केपी ओलीले आफ्ना सबै सपना उडाएको आरोप लगाए । ‘कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमाले र अनी नेकपा बनाइयो, तर अहिले उडायो सबै हुरीले भनेझैं ओलीले सबैको धुलोपिठो पारे, उनले पार्टीलाई पनि भताभुंग पारे, एकताबद्ध भएको नेकपालाई पनि टुक्राउने काम गरे । नेकपा एमाले जस्तो पार्टी जसको संस्थापक नेता हामी, हामीलाई पनि पार्टीबाट गलहत्याएर निकालिदिए र पार्टीलाई गलत बाटोमा लगेर गए,’ अध्यक्ष नेपालले भने ।

उनले केपी ओली व्यक्तिवादमा चल्न थालेकाले पार्टी विभाजनको विकल्प नरहेको बताए। ‘ओली गुटबादमा चल्न थाले, व्यक्तिवादमा चल्न थाले, दक्षिणपन्थी भासमा पुगाए, ‘नेता नेपालले भने । उनले, केपी ओलीको निरंकुशताकाविरुद्ध नयाँ विद्रोह भएको बताए । पत्रकार सम्मेलन अवधिभर ओलीप्रति निकै आक्रोसित देखिएका नेता नेपालले अहिले प्रधानन्यायाधीश र न्यायालयका बारेमा चलिरहेको बहसका नायक पनि ओली रहेको आरोप लगाए । ‘ओलीले आफूलाई मन नपरेका प्रधानन्यायाधीश, न्यायाधीश सबैलाई निसाना बनाइरहेका छन्, आफूअनुकूल नचल्नेलाई उनले यस्तो गर्नु पुरानै बानी हो,’ नेता नेपालले भने ।

उनले न्यायालयलाई कसैले पनि विवादमा तान्न नहुने बताए । ‘प्रधानन्यायाधीश र न्यायालयका बारेमा अहिले नेकपा (एस) ले कुनै छलफल नै गरेको छैन,’ नेता नेपालले भने । उनी कञ्चनपुरमा पार्टीको कार्यालय उद्घाटन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका हुन् । बुधबार मात्रै नेकपा एसले कलम चुनाव चिन्ह पाएको बताउँदै नेता नेपालले सूर्य चिन्हमा अब ग्रहण लागिसकेको बताए ।

‘सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठन आह्वान गर्दछु,’ उनले भने । लामो समय नेता नेपालको पक्षमा रहेका उपाध्यक्ष भीम रावलले पनि साथ किन छोडे भन्ने प्रश्नको जवाफमा नेता नेपालले, त्यो प्रश्न उनैलाई सोध्न भने । उनले सुदूरपश्चिमबाट नागरिक उड्डयन तथा पर्यटनमन्त्री भएका प्रेम आलेमगरको भने खुलेर प्रशंसा गरे । आलेसहित ७ सांसद नेकपा एसमा गएका थिए ।

पार्टी विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका अधिकांश मन्त्रीहरु विमानस्थल पुगेका थिए । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको नेतृत्व भएपनि ठूलो दल भएका कारण नेकपा एस निकट मन्त्री संख्या बढी छ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार