• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कुटाकुटसम्म पुग्यो न्यायालयको विवाद: बार एशोसिएसन परिसरमा वकिलबीच कुटाकुट (भिडियो)


काठमाडौं ।नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ।शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच
विवाद हुँदा कुटाकुट भएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट

भएको हो ।कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए ।

‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो । चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए ।

न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ । नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो ।

शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार