• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

वि.सं. २०७८ कार्तिक १५ गते सोमवारकाे राशिफल, : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक १५ गते सोमवार तदनुसार ई. सं. २०२१ नोभेम्बर ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन,शरद् ऋतु, ने.सं :–
११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, चन्द्रास्त:दिउँसो ०२:०७ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:११ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, कार्तिक कृष्णपक्षको एकादशी तिथि, बिहान ०९:३३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, बिहान १०:१८ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, साँझ ०४:१३ बजेसम्म, त्यसपछि कन्या राशिमा, ऐन्द्र योग, बेलुका ०७:४५ बजेसम्म, त्यसपछि वैधृति योग, सुरुमा बालब करण बिहान ०९:३३ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन एवं प्रवचनभाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार