• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले अध्यक्ष ओली चितवन आउँदै, रामधाम माडी अयोध्यापूरी जाने, स्वागतको भब्य तयारी !


चितवन नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माओली सोमबार चितवन आउँदै
छन् । ओली जिल्ला मा हुने अरु विभिन्न कार्यक्रम मा पनि सहभागी हुने नेकपा एमाले चितवन ले जनाएको छ । स्थलमार्ग बाट चितवन आउन लागेका ओलीले इच्छाकामना गाउँपालिका

को मुग्लिन, चितवन दासढुंगामा झरेर स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको शालिकमा फूल चढाउने कार्यक्रम रहेको छ ।अध्यक्ष ओलीको स्वागतका लागि भरतपुरबाट एमाले कार्यकर्ताहरु मुग्लिन, दासढुंगासम्म पुगेका छन् । राष्ट्रिय युवा संघ चितवनले भरतपुर–२९ को दासढुंगाबाट मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।भरतपुर आएर अध्यक्ष ओलीले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनारको अवलोकन गर्ने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । त्यसपछि भरतपुरको हाकिमचोकस्थित चितवन मिडटाउन रिसोर्टमा हुने एमाले भरतपुर महानगर कमिटीको पहिलो अधिवेशनको उद्घाटन समारोहमा ओली सहभागी हुने एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानले बताए ।ओलीको स्वागतका लागि भरतपुरबाट एमाले कार्यकर्ताहरु मुग्लिन, दासढुंगासम्म पुगेका छन् । राष्ट्रिय युवा संघ चितवनले भरतपुर–२९ को दासढुंगाबाट मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

अधिवेशनमा सहभागी हुने एमाले स्थायी कमिटीका सदस्य रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे चितवन आइसकेका छन् । थापा र पाण्डे एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटीका संयोजक र सहसंयोजक हुन् ।भरतपुरको अधिवेशन उद्घाटनपछि एमाले पार्टी कार्यालय मदनपुरमा दशौं राष्ट्रिय मूल व्यवस्थापन समितिको सम्पर्क कार्यालयको शुभारम्भ अध्यक्ष ओलीले गर्ने कार्यक्रम छ ।त्यसलगत्तै एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र हुने सौराहाको अवलोकनका लागि ओली त्यसतर्फ जाने एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

ओली रामधाम माडी अयोध्यापूरी पुग्ने
दुई दिने चितवन बसाइका क्रममा एमाले अध्यक्ष ओली माडीको अध्योध्यापुरीस्थित रामधाम मन्दिरमा पुग्ने भएका छन् । आफू प्रधानमन्त्री हुँदा गत वैशाखमा उनले माडी अध्योध्यापुरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ती प्रतिस्थापन गर्न लगाएका थिए ।रामको जन्म चितवनको माडी अध्योध्यापुरीमा भएको दावी ओलीले गर्दै आएका छन् । एमाले अध्यक्ष ओली अयोध्याधाम आउने कार्यक्रम निर्धारण भएपछि नेकपा एमाले माडी नगर कमिटीले ५ वटा उपसमितिहरु गठन गरेर तयारी गरेको एमाले माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यले बताए ।

कार्यक्रम व्यवस्थापन उपसमितिमा श्यामकुमार विष्ट, प्रचार प्रसारमा श्रीप्रसाद दवाडी, मञ्च र साउण्ड व्यवस्थापनमा रामेश्वर चौधरी, स्वागत सत्कारमा कृष्णराज अधिकारी, युवा परिचालनमा सूर्य भण्डारीलाई संयोजक बनाइएको छ ।माडीका नौ वटा नै वडा कमिटीले सडकमा फूलमाला र घडा राख्ने प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले बताए । अध्योध्यापुरीमा सभाको समेत आयोजना गरिएको छ ।माडी अध्योध्यापुरी जानुअघि उनले भरतपुर महागनरपालिका वडा नं. १६ मा निर्माणधीन मिनी पानीजहाजको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार