• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक १६ गते मंगलवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ कार्तिक १६ गते, मंगलवार, २ नाेभेम्बर २०२१। कार्तिक कृष्णपक्ष, द्वादशी तिथि (८ः३४ बजेदेखि त्रयाेदशी),हस्त नक्षत्र (९ः१६ बजेदेखि चित्रा),चन्द्रराशि–कन्या।
इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे,चन्द्रास्त : दिउँसो ११:५५ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:४१ बजे,काठमाण्डौं,नेपालमा

सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ कार्यमा सरिक भईनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार