• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

मुख्यमन्त्री बनिनसक्दै राजेन्द्र राईले केक काटेर, बि’यर उडाएर मनाए उत्सव (भिडियाे सहित)


सुनसरी प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन्।पाँच दलीय गठबन्धन नेपाली काँग्रेस,माओवादी,नेकपा
एकीकृत समाज वादी र जनता समाजवादी सहित का ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन्।इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम

राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन् । उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उनले केक काटेर बियर उडाएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै च्याम्पियन फोडेर खुसीयाली मनाएका हुन् । सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले च्याम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिइसकेका छन् । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन् । विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन् । भिडियाे

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार