• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ कार्तिक १८ गते बिहीवार, आज लक्ष्मी पूजा , यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक १८ गते बिहीवार तदनुसार ई. सं. २०२१ नोभेम्बर ०४ तारिख, राक्षस नामक संवत्सर, शाके १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :–
११४१, (कौलागा ), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, चन्द्रास्त : दिउँसो ०४:२६ बजे र चन्द्रोदय : औंसी भएकाले रातभरि

चन्द्रोदय हुँदैन, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, कार्तिक कृष्णपक्षको औंसी (अमावस्या) तिथि, मध्यरात्रीपछि ०३:३४ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, चित्रा नक्षत्र, बिहान ०८:१६ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, दिउँसो १२:४२ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा चतुष्पाद करण साँझ ०४:३५ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपछि ०३:३४ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : लक्ष्मी पूजा, इन्द्र, कुवेरादि पूजा, (लक्ष्मी पूजाको शुभ साइत – सन्ध्यापूजा साँझ ०७:०५ बजे, निशिथ पूजा राती १२:२५ बजे),

दीपावली, दीपमालिका, सुखरात्री, दर्श श्राद्ध, निशि बार्ने दिन, साभ्यङ्ग स्नान, प्रात:कालमा यमतर्पण, हनुमान् दर्शन/पूजन, भगवान् महावीर निर्वाण दिवस,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते : ने.सं. ११४२ प्रारम्भ (नेवारी नयाँवर्ष), गोबर्द्धन पूजा, म्ह पूजा, गाई/गोरु पूजा, गोबलि पूजा, हलितिहार, अन्नकूट उत्सव, बलिप्रतिपदा, मूहुर्त : डेरा सर्ने/बसाइँ सर्ने, २० गते : यमद्वितीया, भाइटीका, भैया दूज, किजापूजा, (भाइटीकाको शुभ साइत – दिनको ११:०२ बजे), चन्द्रोदय (चन्द्रदर्शन), चित्रगुप्त जयन्ती, मसीदानीको पूजा (दवात पूजा), यमपञ्चक समाप्ति,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार