• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

लक्ष्मीपूजाको दिन पनि ‘पिक आवर’मै ४८ मेगावाट विद्युत भारत निर्यात : आयात शुन्य, विनाअवरोध मुलकभर आपूर्ति


काठमाडौं : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी
पूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो।प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६

बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो।विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ।यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ। यो डिमाण्ड गत असोज १० गतेको हो। सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ। यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो।प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार