• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

महाधिवेशनपछि एमालेका ‘१० बुँदे पक्षधर’ नेताको हैसियत के होला ?


काठमाडौं ।नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष भीम रावललाई आफ्ना मतहरु सामाजिक सञ्जालमा नभई पार्टी कमिटीहरुमा राख्न
आग्रह गरेका छन् ।रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले आफ्ना मतहरु बैठकमा राख्न आग्रह गरेका हुन्।

सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा इन्चार्ज भट्टले रावललाई आफू विना पार्टी चल्दैन भन्ने चिन्तन नराख्न आग्रह गरे ।‘संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्या, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौं,’ उनले भने, ‘कसैलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, राजीनामा दिन्छु भन्ने अभिव्यक्तिहरु आउँछन । म विना पार्टी हुँदैन भन्ने चिन्तन गलत छ ।’ व्यक्ति नभए पनि पार्टी चल्ने उनले बताए ।एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पनि असन्तुष्टिलाई जनता र कार्यकर्तामाझ लैजाँदा पार्टीलाई फाइदा नहुने बताए ।

महाधिवेशनपछि एमालेका ‘१० बुँदे पक्षधर’ नेताको हैसियत के होला ?
नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरको दोस्रो साता सम्पन्न हुँदैछ । महाधिवेशनले छान्ने नेतृत्वका लागि एमालेले आगामी विहीबार करिव २ हजार (१९९९) महाधिवेशन प्रतिनिधि चुन्दैछ । २७ गते देशभरका करिव साढे सात लाख कार्यकर्ताबाट छानिने १९९९ महाधिवेशन प्रतिनिधिले एमालेको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।महाधिवेशन मिति नजिकिएसँगै एमालेले कस्ता र कुन कुन नेतालाई नेतृत्वमा पुर्‍याउला भन्ने चासो र बहस नेता कार्यकर्तामा सुरु हुन थालेको छ । खासगरी अध्यक्षसहित निर्वाचित हुने १५ पदाधिकारीमा कस्ता कस्ता अनुहार आउलान् भन्ने चासो एमाले वृत्तमा चल्न थालेको छ ।

हुन त कक्षा दोहोर्‍याएर नपढ्ने घोषणा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली नै आगामी महाधिवेशनमार्फत् पार्टीको प्रमुख पद अध्यक्षमा दोहोरिने लगभग पक्का छ । किनभने यसअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले विधान परिवर्तन गर्दै ओली अनुकूलको व्याख्या र विश्लेषण गरिसकेको छ, जसले ओलीलाई पुनः अध्यक्ष बन्न र अर्को कार्यकाल विताउन कुनै अवरोध देखिँदैन ।अर्कोतर्फ नेता माधव नेपालले पार्टी छोडेसँगै तत्काल एमाले पार्टीमा ओलीलाई ‘काउन्टर’ दिने नेताको खडेरी परेको देखिन्छ । यसअघि ओलीलाई काउन्टर दिने नेताका रूपमा चिनिएका माधवकुमार नेपाल एमाले छाडेर अर्को पार्टी गठन गरेकाले पनि पार्टीमा ओलीको प्रतिस्पर्धीका रूपमा अरु नेता फ्रन्टलाइनमा आउन सक्ने हैसियतमा छैनन् । माधव नेपाल एमालेबाट बाहिरिएसँगै पार्टीमा ओलीको प्रभाव पकड थप बढ्न पुगेको ओली पक्षको विश्लेषण छ ।

विगतमा माधव नेपालसँग रहेर ओलीविरुद्ध संघर्ष गरेका नेताहरुसमेत पार्टी विभाजनका बेला एमालेमै बसेपनि पार्टीमा उनीहरुको भूमिका गौण बन्दै गएको छ । १० बुँदे प्रस्तावका पक्षधर रहेका उपाध्यक्ष भीम रावल र घनश्याम भुसालसहितका नेता एमालेमै छन् तर उनीहरु समेत ओलीलाई काउन्टर दिन सक्ने हैसियतमा देखिँदैनन् । सोही कारण पनि आगामी महाधिवेशनले अध्यक्षमा ओलीको विकल्प नखोज्ने धेरै नेता कार्यकर्ताको बुझाइ छ ।ओलीको आलोचना गर्ने भनेर चिनिएका उपाध्यक्षहरू रावल र उपमहासचिव घनश्याम भुसाल सांगठनिक धरातलमा कमजोर रहेकाले उनीहरुका सामु ओलीको निर्णय मान्नुको विकल्प नरहेको बताइन्छ ।​ महाधिवेशनमार्फत् २२५ सदस्यीय केन्द्रीय समिति छनोट गर्ने जनाएको एमालेले औपचारिकताका लागि महाधिवेशन गर्ने भएपनि १५ पदाधिकारीको टीम भने सहमतिमै छान्नुपर्छ भन्ने मत एमालेमा बलियो छ ।

‘ओलीको चाहना पनि सहमतिमै नेतृत्व छान्ने छ । यस्तो वेला ओलीविरोधी समूहका अन्य नेताहरु पनि खुलेर आलोचना गर्न सक्ने अवस्थामा छैनन्’, ओली निकट एक नेता भन्छन्, ‘कोही नेता चर्चाकै लागि विरोध वा प्रतिस्पर्धामा उत्रिएपनि उनीहरुको हैसियत महाधिवेशनले देखाउने नै छ ।’त्यसो त आगामी महाधिवेशनमा उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भुसालमध्ये एक जना अध्यक्षको दावेदारका रूपमा अघि बढ्न सक्ने सम्भावना रहेपनि त्यो सम्भावना अत्यन्त कमजोर रहेको एमालेभित्र चर्चा छ ।उपाध्यक्ष रावल १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै ओलीसँग सन्तुष्ट छैनन् । त्यस्तै भुसालले पनि १० बुँदे कार्यान्वयनमा इमान्दारीता नदेखिएको भन्दै गत स्थायी कमिटी बैठकमै फरक मत पेश गरेका थिए । रावल र भुसाल ओलीसँग खुस हुन नसकेपनि खुलेर ओलीको विरोध गर्न चाँहदैनन् । किनभने ओलीलाई चिढ्याएर भन्दा पनि मौन बसेर नै आफ्नो भलो हुन सक्ने उनीहरुको ठम्याई छ ।

एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य अहिलेको अवस्थामा एमालेमा विवादभन्दा पनि सहमति र सहकार्यको खाँचो रहेको बताउँछिन् । ‘अहिले पदका लागि उफ्रीपाफ्री गर्नु हुँदैन । महाधिवेशनबाट एमालेलाई कसरी एकतावद्ध बनाउने नै सोच्नुपर्छ’, शाक्यको भनाइ छ । विगतमा माधव नेपाल समूहमा रहेका र एमाले विभाजन हुँदा एमालेमै बसेका तेस्रो धारका रूपमा चिनिएका रावल र भुसालबाहेकका नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघु पन्त र अमृत बोहोरा लगायतका नेताहरु ओलीले जे भन्छन्, त्यही स्वीकार्न तयार भएकाले पनि रावल र भुसालको आवाज मलिनो बन्दै गएको उनीहरुका अभिव्यक्तिबाटै पनि बुझ्न सकिन्छ । त्यही भएर अध्यक्ष ओलीले एमालेले महाधिवेशन सम्पन्न गर्न गठित मूल व्यवस्थापन समितिमा समेत तेस्रो धारका धेरै नेताहरुलाई समेट्न समेत जरुरी नठानेको एमाले बृत्तमा चर्चा छ । त्यही भएर ओलीले व्यवस्थापन समितिको संयोजक पूर्व माओवादी खेमाका नेता रामबहादुर थापा ‘बादल’ लाई बनाएका छन् ।

बादल तिनै नेता हुन्, जतिबेला तत्कालीन नेकपाले मान्यता नपाएपछि पूर्ववत अवस्थामा एमाले र माओवादी फर्कदा माओवादी छोडेर एमालेतिरै बसेका थिए । बादलसहित प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि दाहाल सहितका नेता माओवादी छोडेर एमालेमा बसेकाले ओलीले एमालेका १० बुँदे पक्षधर नेतालाई भन्दा थापाहरुलाई बढी विश्वास गर्दै आएका छन् । यसबाट ओलीले एमालेको १०औं महाधिवेशनबाट पूर्वमाधव नेपाल समूहकालाई पाखा लगाउने संकेत गरिसकेको टिप्पणी हुन थालेको छ । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावललाई १० बुँदे कार्यान्वयनको कार्यदलमा काम गर्न नसकेको आरोप लगाइसकेका छन् ।रावलसहितका नेताहरु ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई बनाउन राष्ट्रपति समक्ष दर्ता गरेको निवेदनका हस्ताक्षरकर्ता पनि हुन् । उनले त्यसकारण पनि उनीहरुलाई छानी छानी पेलिरहेका छन् ।

कस्तो बन्ला अव एमालेको टिम ?
एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमार्फत् सहमतिमा नेतृत्व चयन गर्न चाहन्छन् । उनले पटक पटक पार्टी बैठक र सार्वजनिक सभामा समेत सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताइसकेका छन् । त्यसका लागि उनले भित्री रूपमा पदाधिकारीसहितको टीम तयार पारिरहेका छन् । अध्यक्ष ओलीसहितका नेताहरु महासचिव ईश्वर पोखरेल, नेता विष्णु पौडेल लगायतले ओली निवासमा बसेर टीम तयार पार्ने काम गरिरहेको बताइन्छ । त्यसका लागि अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा रामवहादुर थापा वादल, सुवास नेम्वाङ, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई अघि सार्ने तयारी रहेको बुझिएको छ । रावलले उपाध्यक्षमा चित्त बुझाउँछन् या बुझाउँदैनन भन्नेमा ओली प्रस्ट भैसकेका छैनन् । यद्यपी उनलाई मनाउने प्रयास गर्ने ओली समूहको तयारी छ । त्यस्तै ओली समूहले महासचिवमा विष्णु पौडेललाई अघि सार्ने तयारी गरेको छ ।

उपमहासचिवमा भने शंकर पोखरेल र घनश्याम भुसालको चर्चा छ । त्यसैगरी सचिवमा ओली समूहबाट प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र रघुवीर महासेठ तथा तेस्रो धारबाट भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलाई बनाउने ओली निकट स्रोतको प्रारम्भिक तयारी छ ।ओलीले चाहेको नतिजा महाधिवेशनमा आउने लगभग निश्चित भएपछि पदाधिकारीमा ओलीको चाहना नभए माधव नेपालको साथ छाडेर एमालेमा रहेकाहरुले जित्ने सम्भावना कम भएकाले उनीहरु ओलीले वितरण गरेको पदमै चित्त बुझाउने सम्भावना रहेको बताइन्छ । १९९९ महाधिवेशन प्रतिनिधिमध्ये १५०० भन्दा बढी ‘ओली बा आइ लभ यू’ भन्नेहरु आउने ओली निकटका नेताहरुको अनुमान छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार