• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि…..


एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन
कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।एमाले महासचिव पोखरेल

लाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । प्रमुख अतिथिका रुपमा पोखरेललाई निम्त्याएपछि एमाले र सत्ता गठबन्धनका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

च्यासलमा एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बुधबार बस्दैछ । बैठकले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरेर निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठक दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमालेले आगामी मंसिर १०–१२ चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको थियो ।एमालेले कात्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्दैछ । महाधिवेशन मिति नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वबारे चर्चा परिचर्चा हुन थालेको छ ।नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ ।

बाँकी चारवटा समितिहरु आज बस्ने व्यवस्थापन समितिको बैठकले घोषणा गर्ने तयारी गरेको एमाले केन्द्रीय सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार उपसमितिहरू फर्मेशन बाहेक प्रचार योजना, बजेट, महाधिवेशनका लागि आर्थिक संकलनको प्रक्रिया लगायतका विषयमा बैठकले निर्णय गर्नेछ । एमालेले महाधिवेशनमा लाग्ने खर्च कार्यकर्ताबाटै संकलन गर्ने तयारी गरेको छ । त्यसका लागि पदाधिकारी, केन्द्रीय सदस्य र लाभको पदमा पुगेका बाहेक प्रत्येक संगठित सदस्यबाट सय रुपैयाँका दरले आर्थिक संकलन गर्ने एमालेको योजना छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार