• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले सुनसरीको बैठकमा इटहरीका मेयरले माइक खोसे


विराटनगर । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा विवाद भएको छ । इनरुवामा बुधबार बसेको बैठकमा २०७५ जेठ २ अघिका रमेश बस्नेत र पछिल्लो
समय अध्यक्ष को जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षतामा कसले गर्ने भन्ने विषयमा विवाद थियो ।विवाद भएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू

अध्यक्ष भएको दाबी गर्दै माइक खोसेपछि विवाद झन् बढेको हो । रेवती र रमेश कसले बैठकको अध्यक्षता गर्ने भन्ने विवाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भएको थियो ।तर पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले माइक खोसेका हुन् । चौधरीले माइक खोसेपछि केही समय विवाद भएको बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जिल्ला समिति सदस्य रवि खनालले बताए ।अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए । चौधरीले माइक खोसेपछि कार्यकर्ताले उनको हातबाट पनि माइक खोसे । आफ्नो हातबाट माइक खोसिएपछि भने चौधरीले बैठक कक्ष छाडेका थिए ।चौधरी निस्किएपछि बसेको बैठकले रमेश बस्नेत र रेवतीरमण भण्डारीको नेतृत्वमा रहेको कमिटीलाई समेटेर पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । बैठकमा एमाले नेता भीम आचार्य पनि सहभागी भएका थिए । बैठकमा विवाद भएपछि जिल्ला इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेका थिए ।

सुनसरी एमालेमा २ जेठ २०७५ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर भाँडभैलो भएको छ । सदरमुकाम इनरुवामा बुधबार बोलाइएको जिल्ला कमिटी बैठकमा नेताहरुबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको छ । त्यस्तै जिल्ला कमिटीका ३२ जना नेताले बैठक गरेका छन् ।

२ जेठका विषयमा साविक अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद भएको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि विवाद बढेको थियो ।

बैठकमा निरौला बोल्ने क्रममा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक नै खोस्न पुगेका छन् । माइक खोसेपछि चौधरी भने कार्यक्रमस्थलबाट बाहिरिएका छन् । यसैबीच धरानका ३२ जना एमाले नेता कार्यकर्ताले उक्त बैठक बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार