• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल वि.सं. २०७८ कार्तिक २५ गते बिहीवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ कार्तिक २५ गते बिहीवार तदनुसार ई. सं. २०२१ नोभेम्बर ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३,सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं.:–
११४२, ( कछलाथ्व ), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५ :०६ बजे, चन्द्रोदय : दिउँसो ११:०६ बजे र चन्द्रास्त : बेलुका १०:४१ बजे,

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, कार्तिक शुक्लपक्षको सप्तमी तिथि, दिउँसो १२:०७ बजेसम्म, त्यसपछि अष्टमी तिथि, श्रवण नक्षत्र, बेलुका ०८:४१ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, दिउँसो १२:५६ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा वणिज करण दिउँसो १२:०७ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपूर्व ११:२३ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा बाधा आउला । शेयर बजारमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद् रहनेछ । पुँजी बजारबाट धन लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार