• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सर्वोच्चमा तनाव, प्रहरी र वकिलबीच धकेलाधकेल, सशस्त्रको टोली पनि खटाइयो


काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शन मा प्रहरीले हस्तक्षेप गरेको छ।प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसर
भित्र हुलदंगा भएको छ । कानुन व्यवसायी हरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले आफ्नो अडान कायम राखे । उनीहरुले प्रदर्शन गर्न

नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।प्रहरी र वकिलबीच धकेलाधकेल भइरहेको बेला केही न्यायाधीशहरुले केहीबेर बालकोनीबाट हेरेका थिए । सर्वोच्चका अदालतका कर्मचारीहरु भने बालकोनीमै रहेर सो दृष्य नियालीरहेका छन् ।

वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।प्रहरी र वकिलबीच धकेलाधकेल भइरहेको बेला केही न्यायाधीशहरुले केहीबेर बालकोनीबाट हेरेका थिए । सर्वोच्चका अदालतका कर्मचारीहरु भने बालकोनीमै रहेर सो दृष्य नियालीरहेका छन् ।

सशस्त्रको टोली पनि खटाइयो
कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।
सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एक टोली पहिलेदेखि नै खटिएको छ ।

अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसरमा तनाव भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार