• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मेयर द्धारीकालाल चौधरीले छोडे एमाले : माधव नेपाललाइ घरमै मासु भात खुवाएर भब्य स्वागत


काठमाडौ । नेकपा एमालेका तर्फवाट मेयर बनेका द्धारीकालाल चौधरी अब माधव नेपालको पार्टी प्रवेश गर्ने भएका छन् । उनी एमालेमा असन्तुष्ट हुँदै गएका छन् ।
दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर उनले असन्तुष्टि जनाएका हुन् । इटहरी उपमहानगरपालिकाका मेयर रहेका द्वारिकलाल चौधरीले शुक्रवार माधव

नेपाललाई आफ्नै घरमा भब्य स्वागत गरेका छन् ।”“नेकपा एकीकृत समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै भब्य स्वागत गरेका छन्। आफ्नो इटहरीस्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन्।”“दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा बबाल गरेका थिए । चौधरीले एमालेमा ठाउँ नपाएको भन्दै माधव नेपालसंग गुनासो पनि गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी चौधरी केही दिनअघि इनरुवामा भएको एमालेको बैठकमा माइक खोस्नै पुगेका थिए।”“एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले बिहीबार मात्रै समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो फेसबुकमा हालेका थिए।

त्यसपछि चौधरीले शुक्रबार माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर मेजमानी गरेका हुन्। चौधरी समाजवादीतिर जाने विवरणसहितका सन्देश अहिले सामाजिक सञ्जालमा लेखिएको छ।”“समाजवादीको इटहरी नगर कमिटीको फेसबुक वालमा चौधरी र इटहरी उपमहानगरपालिका(४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ। माधव नेपाललाई घर बोलाएको अघिल्लो दिन अर्थात हिजो नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेका थिए।

ओलीसँग असन्तुष्टलाई खोज्दै तान्दै माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग व्यवस्थापकीय क्षमता छ ।यही क्षमताले उनले विगतमा नेकपा एमालेको संगठनलाई देशभर मजबुत पारेका थिए । अहिले पनि एमालेको कार्यकर्ता देशको हरेक क्षेत्रमा बलियो पकड बनाएर बसेका छन् । कुशल व्यवस्थापक भएकैले माधव नेपालले नेकपा एमाले फुटाएर बनेको नेकपा एसलाई मजबुत बनाउँदै लगेका छन् ।नेपालले देशभर नेकपा एसको संगठन विस्तार गर्दै लगेका छन् । जिल्ला कमिटीहरु बनाउँदै क्षेत्र र पालिका तहसम्म विस्तार गरिरहेका छन् । वडा तहसम्म नेकपा एसको संगठन निर्माण गरेर माधव नेपालले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने रणनीति बनाएका छन् ।

पूर्व देखि पश्चिमसम्म दौडधूपमा रहेका माधव नेपालले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टहरुको पहिचान गर्न निकटस्थहरुलाई लगाएको बुझिएको छ ।असन्तुष्टहरुलाई चिन्दै र तान्दै गर्न थालेका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरी सुनसरीमा असन्तुष्ट भएको जानकारी पाउनेवित्तिकै नेपाल उनकै निवास पुगेका छन् । चौधरी पछिल्लो समय ओली पक्षसँग असन्तुष्ट छन् ।देशका विभिन्न जिल्ला, पालिका र वडा तहसम्म ओलीसँग असन्तुष्टहरुको पहिचान गरी तान्ने अभियान नेपालले चलाएका छन् ।उनले आफ्नो समूहबाट एमालेमै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्त पनि पेलाईमा परेर अवसरविहिन हुनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ ।

एमालेको महाधिवेशन सकिएलगत्तै असन्तुष्टहरु थपिने र उनीहरुलाई नेकपा एसमा तान्ने गरी नेपालले तयारी थालेका छन् । पार्टी संगठन बलियो बनाएर माओवादीसँग एकीकरण या चुनावी गठबन्धनसम्मको रणनीतिका साथ नेपाल अगाडि बढेका छन् ।यसै पनि माधव नेपालले ओलीलाई एकपछि अर्को धक्का दिइसकेका छन् । ओलीको सत्ताबाट बर्हिगमनमा माधव नेपालकै शक्ति मुख्य बन्यो । उनले प्रदेश सरकारमा एमालेको नेतृत्व अन्त गराए ।राष्ट्रिय सभाको चुनावमा पनि एमाले उम्मेदवारलाई हराउन सके । यसरी एकपछि अर्को धक्का दिदै बढेका माधव नेपालले अब भने आफ्नो शक्तिसञ्चय बढाएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार