• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मुख्यमन्त्री राजेन्द्र पाण्डेको पहिलो काम : विद्युतीय बस खरिद र कुलेखानी-हेटौंडा सुरुङ मार्ग स्थगित


काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले
आफ्नो पार्टी एकीकृत समाजवादी को केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले

विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए । विद्युत बस ल्याउने भनेर केही सांसद भारत र चीनको भ्रमण गरेको पाईको भन्दै उनले भने, ‘जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने योजना रहेछ, हाललाई यो स्थगित गरेका छौं ।’यस्तै कुलेखानी-हेटौंडा सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।

उनले भने, बजेटको सुनिश्चितता नभएसम्म यो ५० करोड यहाा दुरुपयोग गर्नु हुँदैन भनेर हामीले हाललाई स्थगित गरका हौं ।’उनका अनुसार प्रदेश सरकारले तीन वटा कार्यक्रमलाई अगाडि बढाएको छ । एसईई पुरा गरेका विद्यार्थीलाई ३ वर्षे प्राविधिक शिक्षा दिने र पालिकामा काम गर्ने गरी प्रदेश सरकारले निर्णय गरेको उनले सुनाए ।

प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाइदिने निर्णय गरेको उनले बताए । यो अभियान छात्राहरूले पढ्ने कुरामा महत्वपूर्ण हुन्छ, पाण्डेले भने ।

यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति बनाएर मात्र पठाउने योजनामा काम भइरहेको छ । उनका अनुसार हाल ९ खर्व रेमिट्यान्स प्रदेशमा आउने गरेको छ, सरकारले तालिम दिएर पठाउँदा श्रमिकहरुको आम्दानी तीन गुणासम्म बढ्नसक्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार