• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेले ५८ जिल्लामा छान्यो महाधिवेशन प्रतिनिधि (सूचीसहित)


नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न गरेको छ । यस्तै पाँच जिल्लामा प्रतिनिधि छनौटको प्रक्रिया जारी रहेको एमाले प्रचार विभाग
प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार अधिकांश जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छानिएको हो । एमालेको आगामी मंसिर १०–१२ गते चितवनमा

दशौं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । त्यसका लागि शनिबार प्रतिनिधि छनौट सुरु भएको थियो । यस्तै एमालेले केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन समेत मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रतिनिधि चयन भएका जिल्लाहरु यसप्रकार छन् :
प्रदेश नम्बर १ :
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।

बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।

उपत्यका विशेष कमिटीः
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।

गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।

लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।

कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।

सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा

छनौट प्रक्रिया जारी रहेका जिल्ला
कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार