• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, भागदौड मच्चिँदा ७ विद्यार्थीसहित ११ जना घाइते


मुस्ताङमागएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन्।जसमध्ये दुई जनाको खुट्टा भाँचिएकोछ।आइतबार थासाङ गाउँपालि
का—२ स्थित हिमाली लेक मा हिम पहिरो जाँदा भाग्नेक्र ममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता

नरबहादुर केसीले जनाकारी दिए ।यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै झण्डै दुई सयको संख्यामा रुख, ढुंगा र माटो बगाएर कोवाङसम्म ल्याएको जानकारी आएको बताए । उनले भने, ‘हिमपहिरोले झण्डै दुई सयको संख्यामा रुख, ढुंगा,माटो बगाएर कोवाङसम्म ल्याएको छ ।’प्रहरी निरिक्षक पौडेलका अनुसार हिम पहिरोका कारण भएको भागदौडमा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका तीन जना शिक्षक र आठ जना विद्यार्थी घाइते भएका हुन् । ‘चिकित्सकले दुई जनाको खुट्टा भाँचिएको बताएको बताएका छन,’ उनले भने,‘अन्यको अवस्था सामान्य छ, घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक पौडेलले हिम पहिरोले रुखसहित, ढुंगा र माटो समेत बगाएर निकै टाढासम्म ल्याएकाले त्यसक्षेत्रमा रहेका चौरी र याकहरु मरेको आशंका गरिएको बताए । हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ । हिम पहिरोसँग आएको गेग्रानहरु बेनी–जोमसोम राजमार्गसम्म आइपुगेको प्रहरी निरीक्षक पौडेलले बताए । सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई उच्च सर्तकता अपनाउन समेत उनले आग्रह गरे ।

७ विद्यार्थीसहित ११ जना घाइते [अपडेट]
मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका छन् । नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताए । पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ । बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’, थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारि पाखामा देखिएका छन् । अरु चौरीबारे जानकारी आएको छैन ।’

थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् । अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घन्टा लाग्‍ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् ।घटना आइतबार बिहान साढे १० देखि ११ बजेतिर भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार