• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीलाई अध्यक्ष बनाउन कस्सिए यी ४ नेता, रावल र भुषाललाई पाखा लगाउदै यस्तो बन्यो समिकरण !


काठमान्डौ –नेकपा एमालेको आगामी १०औं महाधिवेशनमा केपी शर्मा ओली नै सर्वसम्मत्को अध्यक्ष बनाउन उनि निकटका नेताहरु कस्सिका छन्। प्रमुख प्रतिपक्षी दल
नेकपा एमालेका अध्यक्ष पदका लागि महाधिवेशनमा सकेसम्म निर्वाचन नहुने यदि भईहाल्यो भने पनि ओली नै विजयी गराउने गरि उनि निकट नेताहरु विष्णु पौडेल,प्रदिप ज्ञवाली,सुवास

नेम्वाङ, पृथ्बीसुब्बा गुरुङ लागाएतका नेताहरु कस्सियका हुन ।ओली दसौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने रणनीतिमा छन् तर वर्तमान उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसाल ओलीलाई चुनौती दिने मनस्थितिमा छन् । दसबुँदे सहमति कार्यान्वयनमा ओली इमान्दार नभएको यी दुईको बुझाइ छ । गृहजिल्ला अछाम पुगेर उपाध्यक्ष रावलले अध्यक्षमा उठ्ने बताएका छन् ।उपमहासचिव भुसालले निकटहरूसँग रावल वा आफूमध्ये एक जना अध्यक्ष लड्ने तयारीमा रहेको सुनाएका छन् । भुसाल पनि पार्टीभित्र केही केन्द्रीय सदस्यसँग परामर्शमा छन् । जतिसुकै मत आए पनि उनी ओलीलाई सर्वसम्मत बन्न नदिने रणनीतिमा छन् । यस्तो अवस्थामा ओली कसरी निर्बिरोध अध्यक्ष भन्छन त्यो भने हेर्न बाकी नै छ।ओली निकट नेताहरु भने भुषाल र रावललाई उपयुक्त जिम्मेवारी दिएर ओलीलाई सर्वसम्मत अध्यक्ष तयारीमा छन केहि नेताहरु भित्रिरुपमा कोर्ष अगाडी बढाएको श्रोतले जानकारी दिएको छ।उता ओलीको बिरुद्धमा उभिएका १० बुँधे पक्षधरकानेता हरु भने रावल वा भुषाल जो उठे पनि साथ् दिने मनस्थितिमा छैनन् किन कि सुरेन्द्र पाण्डे, योगेश भट्टराई अस्टलक्ष्मी साक्य लगाएतका नेताहरु ओलीको नजिक भएर आफ्नो पद सुरक्षित गर्ने तयारीमा लागेका छन्। यसरि नै कोर्ष अगाडी बढ्यो भने यी दुवै नेता पाखा लाग्नने निश्चित छ।

यी हुन् ओलीका चुनौती
आकांक्षी धेरै हुँदा सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रयास जटिल बन्दै गएको छ । असन्तुष्ट र पूर्वमाओवादीलाई मात्र होइन, ओलीलाई आफ्नै समूहभित्र धेरै आकांक्षीको व्यवस्थापन गर्नुपर्ने चुनौती आइलागेको छ ।सर्वसम्मत नेतृत्व चाहे पनि अहिलेसम्म ओलीले आफ्नो रणनीति निकट नेताहरूसँग समेत खुलाएका छैनन् । त्यसैले पदाधिकारीको नेतृत्वबारे अनिश्चितता अझै गहिरो देखिएको छ ।

अहिलेसम्म अध्यक्षले कसलाई के जिम्मेवारी दिनुहुन्छ भन्ने केही खोल्नुभएको छैन, अन्तिमसम्म सबै आकांक्षी हेर्ने र पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै आफूअनुकूल टिम बनाउने उहाँको रणनीति देखिन्छ,’ एमालेका एक पदाधिकारीले भने, ‘तर आफ्नै समूहभित्र पनि पदाधिकारीका आकांक्षी धेरै छन्, त्यसैले टिम मिलाउन सहज छैन ।’पार्टी विधानले केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने व्यवस्था गरेको छ तर १५ सदस्यीय पदाधिकारीमा महिला राख्नैपर्ने बाध्यता छ ।

यस्तोमा सर्वसम्मत नेतृत्व चयन गर्दा पदाधिकारी समावेशी बनाउन सहज हुनेछ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी, अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय, महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू सदस्य रहेको केन्द्रीय कार्यालय र केन्द्रीय विभागहरू गठन गर्नेछ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार