काठमाडौँसर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्न क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको
भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरी ले माइक खोसे को हो । प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन्।
उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले माइक खोसिएपनि आफूहरुको आवाजलाई कसलाई रोक्न नसक्ने बताए । अहिले माइक बिनै वकिलहरुले अदालतको मुख्य गेटभित्र धर्ना दिइरहेका छन् ।
‘जबरालाई निरन्तरता दिने पहल गरे न्यायाधीशहरू विरुद्ध पनि आन्दोलन गर्छौं’
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
न्यायाधीशहरूबीचमा नै फुट आइरहेका बेला बारले उनीहरूप्रति खबरदारी गरेको हो । न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको उनीहरूको बुझाइ छ । ‘प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन । तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं, ’ महासचिव पौडेलले भने ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि नेपाल बार एसोसिएसनले प्रदर्शन जारी राखेको छ । बार एसोसिएसनको प्रांगणबाट कानुन व्यावसायीहरू सर्वोच्चको मुख्य भवनमुनि बसेर प्रदर्शन गरिरहेका छन् ।सर्वोच्चका न्यायाधीशहरू नै विभाजित भइरहेका बेला कानुन व्यावसायीहरूले भने
आन्दोलन कुनै हालतमा राजीनामा नहुँदासम्म नछोड्ने बताएका छन् । सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।