• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नेपाल-आलेको जोडी डोटीमा हेर्नुस्


नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारको दर्शन गर्न पुगेका छन् । सँस्कृति, पर्यटन तथा
नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले सहित हेलिकप्टरमार्फत डोटी आएका पूर्वप्रधानमन्त्री नेपालले बडीकेदार जानुअघि डोटी जिल्ला सदरमुकामको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको

दर्शन गरेका छन् ।त्यस क्रममा नेता नेपालले लागि हिन्दु धर्मका चारै धाम लगायत प्रमुख धार्मिक क्षेत्रहरु एउटै स्थानमा हेर्न मिल्ने गरी धार्मिक पर्यटकीय संग्रहालय निर्माण हुनुपर्ने बताए ।आफू प्रधानमन्त्री हुँदा सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक संग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याए पनि सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको नेता नेपालले गुनासो गरे ।‘म प्रधानमन्त्रीबाट बाहिरिएपछि थुप्रै प्रधानमन्त्री र अर्थमन्त्रीहरु आउनुभयो तर धार्मिक संग्रहालयको विषयलाई कसैले पनि प्राथमिकतामा राख्न सक्नुभएन’ नेपालले भने ‘तर वर्तमान सरकारका अर्थमन्त्रीले यो विषयमा चासो दिनुभएको छ, अब चाँडै धार्मिक संग्रहालय निर्माण गर्ने कार्यले सफलता पाउने आशामा छु ।’

उनले भारतको दार्जिलिङमा भारतका विभिन्न चारवटा धामहरुको झल्को दिने गरी धार्मिक संग्रहालय स्थापना गरिएको बताउँदै नेपालमा पनि प्रमुख धार्मिक स्थलहरु र धामहरुको एउटै संग्रहालयबाट दर्शन गर्न सकिने व्यवस्था गरिए देश बाहिरबाट समेत धार्मिक पर्यटक भित्र्याउन सकिने बताए । उनले धार्मिक संग्रहालयले लाखौं हिन्दु धर्मालम्बीहरुलाई आकर्षित गर्ने दावी गरे ।

नेता नेपालले सङ्गठन विस्तारमा व्यस्त हुँदा पनि समय मिलाएर शैलेश्वरी मन्दिरसहित बडिकेदार दर्शनका लागि डोटी आएको बताए ।नेपालसंगै गृह जिल्ला आएका मन्त्री आलेले बडीकेदार गाउँपालिकामा रहेको बडीकेदार मेलाको पुँजामा सहभागी हुने बताए । पूर्वप्रधानमन्त्री नेपालको टोलीलाई दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, प्रमुख जिल्ला अधिकारी शंकर विष्ट,

राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्थानीय टुँडिखेलमा फूलमालाले स्वागत गरेका थिए ।पूर्वप्रधानमन्त्री नेपालको टोलीले बुधबारै दिपायल शिलगढी नगरपालिका-७, पाकरीमा रहेको दुर्गादेवी मन्दिरको दर्शन गरी बडीकेदार प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार