काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु नेपाली कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने भएको टिप्पणी गरेका
छन् ।अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचन मा विजय हासिल गर्ने दावी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले कांग्रेसको
औंला समातेर हिँड्न पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको बताए ।अब अरु फाच्चेफुच्चेहरु चाहिँ सँगै जान्छौं भन्छन् । अनि कांग्रेसको औंला नसमाती त हिँड्नै सक्दैनन् त, कसरी जाँदैनन् ? गइहाल्छन् नि सँगसँगै । आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरु, कांग्रेसको आंंैला समातेर हिँड्न पल्केकाहरु, त्यो हिँडन खोज्छन् नै । तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन’ उनले भने ।अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे । उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको दोहो¥याए ।‘नेपाली जनताले देखेका छन्–नेकपा एमाले बल्ल शुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको । त्यस्तो एमाले बनेको छ ।…त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ । यसले विजय हासिल गर्छ’ ओलीले भने ।
पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा
रुपन्देहीका एक एमाले नेताले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् । उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।
यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् । उनले जिल्ला पार्टीका अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए ।