• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले महाधिवेशन उद्घाटनका लागि नारायणी किनारमा यसरी तयार हुँदैछ मञ्च ( फोटो फिचर )


चितवन : यतिखेर चितवनलाई एमाले महाधिवेशनका लागि पूर्वाधार निर्माणको चटारो छपक्कै छोपेको छ। १० ‍औं महाधिवेशनका तयारी समिति उद्घाटन सत्रका लागि
मञ्च तयार गर्न नारायणी नदी किनार लाई सम्याएर व्यवस्थित बनाउन व्यस्त छन् । त्यस्तै उत्तरतर्फ मञ्च निर्माणको कामलाई पनि तीब्रता दिइएको छ। महाधिवेशन उद्घाटनस्थलको मञ्चमा

अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने छ। मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको दाबी गरे। प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्नेगरी मञ्च निर्माणको काम भइरहेको जानकारी दिए।

उनकाअनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रसारण गरिनेछ। उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामराका साथै कम्तीमा दुई वटा ड्रोन क्यामरासमेत प्रयोग गरिने श्रेष्ठले जानकारी दिए।

हाल मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको र मंसिर ९ गते हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको उनले जानकारी दिए। त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको कामसमेत सोमवारदेखि नै सुरु भइसकेको श्रेष्ठले जानकारी दिए।

मंसिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट र्‍याली निकाल्ने गरी तयारी भइरहेको अनुगमन समितिका संयोजक काशिनाथ अधिकारीले जानकारी दिए। उद्घाटन अगाडि नवलपरासीको गैँडाकोट, तथा भरतपुरका आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निस्किने छन्।

स्रोत : पहिलो पोस्ट।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार