• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

कमल थापाले गरे ओलीको प्रशंसा : ओली राष्ट्रियताका प्रतीक हुन्


राप्रपाअध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेकाछन्।चितवनको भरतपुरमा जारी एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा
बोल्दै उनले देशलाई सङ्कटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताए । उनले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य

गरेको र नेपालको गुमेको भूभाग सहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठुलो राजनीतिक दल भएको बताउँदै यो महाधिवेशनलाई देश विदेशका शक्तिहरूले उत्सुकताका साथ हेरिरहेको उल्लेख गरे । अध्यक्ष थापाले २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्तिको लक्ष स्थायित्व र समृद्धिको बोकेर राजनीतिक यात्रा सुरु गरे पनि हिजो कहाँ पुग्ने भनेर हिँडेको र आज कहाँ आइपुगेका छौ भन्ने प्रश्नलाई महाधिवेशनका प्रतिनिधिहरूले गम्भीर रूपले समीक्षा गर्ने आशा लिएको बताए ।

उनले देश अहिले सङ्कटको भुमरीमा परेको बताउँदै लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको सङ्केत पाइरहेको बताए । उनले भने–‘योजनबद्ध र संगठीत रूपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरूको सनातन धार्मिक सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालको इतिहासमा अहिले भ्रष्टाचार व्यापक मात्रामा भइरहेको छ ।’उनले देशभित्र सामान्य जागिर पाउन नसकेकाले ४० लाख युवाहरू मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य भएको उल्लेख गरे । साथै देशमा बाह्य शक्तिहरूको प्रभाव र चलखेल बढेर गएको बताउँदै बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धा स्थल बन्ने खतरा बन्न खोजेको दाबी गरे । यसका लागि महाधिवेशनबाट देशका लागि साहसिक निर्णयको अपेक्षा गरिरहेको उल्लेख गरे ।

उनले ओलीको प्रशंसा गर्दै भने–‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई सङ्कटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पु¥याउन सक्नेछ ।’ओलीसँग एउटै सरकारमा रहेर केही समय काम गर्ने अवसर पाएको बताउँदै त्यसबेला भारतीय नाकाबन्दीले देशले कष्ट भोगेको स्मरण गरे ।

उनले ओलीले सुझबुझ र मार्गदर्शनमा रहेर राष्ट्रिय स्वाभिमानमा एक इन्च प्रभाव नपर्ने गरी नाकाबन्दी समाधान गर्न सकेको बताए । यस्तै चीनसँग पनि रेल, तेल लगायतका विषयमा सम्बन्ध बनाउन सकेको बताए । उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार