• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

समझदारीका साथ नेतृत्व चयन हुन्छ : ओली


काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय समझदारीका साथ नयाँ नेतृत्व चयन हुने बताएका छन्।चितवनमा आयोजित दसौं राष्ट्रिय महाधिवेशनको
उद्घाटन सत्र लाई सम्बोधन गर्दै उनले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने बताए।सकेसम्म सहमतिकै आधारमा नेतृत्व चयन हुन्छ। त्यसो नभए लोकतान्त्रिक अभ्यासमार्फत् नेतृत्व चयन

हुन्छ,’ उनले भने, पर्सी बेलुकासम्म उच्चस्तरीय समझदारीका साथ महाधिवेशन सम्पन्न गर्नेछौं।’उनले उद्घाटन सत्रमा उत्साहपूर्ण सहभागिताका लागि सबैलाई धन्यवाद दिए। उनले एमाले देश बनाउने पार्टी भएको र राष्ट्र निर्माणको अभिभारा बोकेको बताए।

उनले १३ गते पत्रकार सम्मेलन गरेर सफलताको विज्ञप्ति सुनाउने वाचा गरे। ‘१३ गते पत्रकार सम्मेलनमार्फत् सफलताको विज्ञप्ति सुनाउने छौं। आपसमा सानातिना कुरामा नअल्झिऔं,’ उनले भने।

उनले आफ्नै नेतृत्वमा तुइन युगको अन्त्य गरेको स्मरण गराउँदै अब सुरुङ युगको सुरुवात भएको बताए। उनले विज्ञान प्रविधिको विकास गरेर आधुनिक नेपाल निर्माणतर्फ अग्रसर भएको बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार