• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : मंसिर १० गते शुक्रबार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर ११ गते,शनिवार, २७ नाेभेम्बर २०२१। मार्ग कृष्णपक्ष अष्टमी तिथि। मघा नक्षत्र,१७ः४६ बजेदेखि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह।वि.सं. मंसिर १०,२०७८
। ई.सं. २६ नाेभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन हेमन्त । शुक्रबार मार्ग कृष्णपक्ष । तिथि- सप्तमी, २४:४४ बजे उप्रान्त अष्टमी ।

नक्षत्र- अश्लेषा, १७:०० बजे उप्रान्त मघा । योग- ऐन्द्र, २८:५३ बजे उप्रान्त वैधृति । करण- भद्रा १२:३१ बजेदेखि वव, २४:४४ बजे उप्रान्त तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग मृत्यु । दिनमान २६।२१ । सूर्योदय ६:३४ । सूर्यास्त १७:०७ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहयोग गर्ने भन्दा आश्वासन बाड्नेहरू धेरै भेटिनेछन् । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा आफन्तको सहयोग पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार