• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अध्यक्ष पदका लागि भोट माग्न थाले भीम रावल, जित्लान त अध्यक्ष ?


काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका उपाध्यक्ष भीम रावलले मत माग्न थालेका छन् ।शनिबार बन्द सत्र
सुरुहुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेकाछन्।यद्यपि अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका

लागि पहल गरिरहेका छन् । सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।

शुक्रबार राति नेता रावलले कान्तिपुरसित कुरा गर्दै शनिबार उम्मेदवारी दिने बताएका थिए । शनिबार दिउँसो उम्मेदवारी दिनुअघि नै उनले प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका हन् ।

अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए । नयाँ प्रस्ताव अनुसार रावलसहित असन्तुष्ट नेताहरूलाई पनि समेटिने अपेक्षा गरिएको थियो ।

रावलले भने शनिबार दिउँसोसम्म आफू अध्यक्ष पदको उम्मेदवारीबाट पछि नहट्ने भन्दैआएका छन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाउने गरी नेता रावललाई प्रस्ताव गरे पनि उनले अस्वीकार गरेर अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिएको बुझिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार