• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली तयार, बादल उपाध्यक्ष र रायमाझी सचिव


चितवन । एमाले १०औं महाधिवेशनअन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले
अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता भर्खरै सकिएको छ । वार्तामा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न

ओली तयार भएको स्रोतले नेपाल प्रेसलाई बतायो ।स्रोतका अनुसार ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन आफू तयार रहेको बताएका छन् । एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ ।

टीका लगाएर बाँड्ने कुनै पनि पद मलाई स्वीकार्य छैन चुनाव नै लड्छुः भीम रावल
नेकपा एमाले १० औँ महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धामा उत्रन लागेका उपाध्यक्ष भीम रावलले टीका लगाएर पाउने कुनै पनि पद स्वीकार्य नहुने बताएका छन् ।

महाधिवेशनका नाममा टीका लगाएर बाँड्ने कुनै पनि पद मलाई स्वीकार्य छैन,” रावलले भने, “म अध्यक्षको उमेदवार बन्छु, एक भोट मात्र आउँछ भने पनि प्रतिस्पर्धामा भाग लिन्छु ।

रावलले ओलीले आफूलाई छलफल गर्न प्रस्ताव समेत नआएको बताएका छन् । तर,ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरूसँग छलफल जारी राखेका छन् ।

अहिले रावल आफू अध्यक्षमा बढी मत ल्याउनका लागि खटिरहेका छन् । अध्यक्ष ओलीले प्रतिस्पर्धाले पार्टी कमजोर हुने भन्दै सर्वसम्मत रूपमा नेताहरूलाई पदको भागबन्डा मिलाउने जिम्मा लिएपछि रावल र घनश्याम भुसाल असन्तुष्ट बनेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार