• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर १३ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


२०७८ मंसिर १३ गते, साेमवार, २९ नाेभेम्बर २०२१। मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि। उत्तरफाल्गुनी नक्षत्र, १७ः५२ बजेउप्रान्त हस्त। चन्द्रराशि– कन्या। वि.सं. मंसिर
१३, २०७८ । ई.सं. २९ नाेभेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन हेमन्त । सोमबार मार्ग कृष्णपक्ष । तिथि- दशमी, २३:२२ बजे उप्रान्त

एकादशी । नक्षत्र- उत्तरफाल्गुनी, १७:५२ बजे उप्रान्त हस्त । योग- प्रीति, २४:०४ बजे उप्रान्त आयुष्मान् । करण- वणिज ११:५४ बजेदेखि भद्रा, २३:२२ बजे उप्रान्त कौलव ।चन्द्रराशि कन्या । आनन्दादि योग श्रीवत्स । दिनमान २६।१४ । सूर्योदय ६:३७ । सूर्यास्त १७:०६ । गुह्येश्वरीयात्रा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शेयर बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम बिग्रिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट पनि लाभ रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पूरा हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनपरेको खानेकुरा खान पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता पनि सफलता पनि मिल्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि पनि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफ्नो उद्योग र व्यापारमा विशेष फाइदाको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार