• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

भीम रावल, घनश्याम भुषाल, भिम आचार्य लगायत लाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई बाँडियो पर्चा


चितवननेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न
भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ ।भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ । यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।

भोट नहाल्न भन्दै बाँडिएको पर्चामा अरु कसको नाम छ ?
यसैगरी, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न भन्दै पर्चा बाँडिएको छ ।यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार