• २०८१ भाद्र २९ गते शनिवार
  • Preeti To Unicode

सचिवमा गोकर्ण र उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत


चितवननेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा,पद्मा अर्याल,
लेखराज भट्ट, टोप बहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्ण ले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४,

छविलाल र प्दमाले समान ८०० मत पाएका छन्लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन्
अष्टलक्ष्मीलाई लोकप्रिय मत, घनश्याम भूसाल पराजित

नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार