• २०८१ असोज ६ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर १५ गते बुधवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


२०७८ मंसिर १५ गते, बुधवार , १ डिसेम्बर २०२१। मार्ग कृष्ण पक्ष द्वादशी तिथि, २०ः२० बजेदेखि त्रयाेदशी। चित्रा नक्षत्र, १६ः१७ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले

विभिन्न अवसर जुराउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार