• २०८१ कार्तिक १९ गते सोमवार
  • Preeti To Unicode

बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास


काठमाडौँबालुवाटारमा बंकरसहितको प्रधानमन्त्री आवास तयार भएको छ ।सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाका अनुसार आगामी मंसिर
२४ गते उक्त भवन प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने छ । भवन पुरानो भई जीर्ण भएपछि अहिले प्रधानमन्त्री मुख्य सचिवको सरकारी आवासमा बस्दै आएका छन् । विशेष भवन निर्माण

आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार सुरक्षाका दृष्टिले प्रधानमन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो ।‘राष्ट्र प्रमुख बस्ने निजी आवास सुरक्षाका दृष्टिले बंकरसहित नै हुने गर्छन्,’ प्रमुख श्रेष्ठले भने, ‘अहिले निजी आवास तयार भएको छ, २४ गतेसम्म भवन हस्तान्तरण गर्ने सुरसारमा छौं ।’ उनका अनुसार नयाँ तीन तले भवनमा २२ कोठा छन् । लिफ्टसहितको भवनमा आधुनिक किचन, पाहुना कोठा, जिम कक्ष लगायत रहनेछ । ‘हामीले २४ गते हस्तान्तरण गर्ने हो, त्यही दिन प्रधानमन्त्री सर्नु हुन्न होला, सायद साइत हेरेर केही समयपछि सर्नु हुन्छ’ उनले भने ।

आयोजनाको अर्को सार्वजनिक भवनको निर्माण कार्य भने बाँकी नै छ । सार्वजनिक यो भवन असार मसान्तसम्म हस्तान्तरण गरिने श्रेष्ठको भनाई छ ।२०७६ भदौ १२ मा भएको सम्झौताअनुसार २०७८ भदौमा दुबै भवनको निर्माण सक्नुपर्ने थियो । बल्ल एउटा भवनको निर्माण सकिएको छ । पाँच रोपनी क्षेत्रफलमा प्रधानमन्त्रीको परिवारका लागि आवास र आगन्तुकसँग भेटघाट गर्न सार्वजनिक भवन निर्माण थालिएको हो । जसको ठेक्का कन्टेक निर्माण कम्पनीले ३३ करोड ८० लाख रुपैयाँमा लिएको हो । कोभिडले गर्दा तोकिएकै समयमा निर्माणको काम सक्न समस्या भएको आयोजनाले जनाएको छ ।

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि सुरु काठमाडौंमा सुरु भएको एकता महाधिवेशनसँगै उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ ।यहीक्रममा अभिनेत्री समेत रहेकी थापाले महामन्त्रीमा दिने उनी निकट एक नेताले पुष्टि गरे । राप्रपामा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । तीमध्ये १ महिलासहित ३ जना अनिवार्य निर्वाचित हुने पर्ने व्यवस्था छ ।

थापाले अध्यक्ष उम्मेद्वार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिन लागेकी हुन् ।यस्तै, यही पदमा अध्यक्षका अर्का प्रत्यासी कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेद्वारी दिने घोषणा गरिसकेकी छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार