• २०८१ भाद्र २९ गते शनिवार
  • Preeti To Unicode

‘जनयुद्ध’ पछि अर्को जोखिम मोल्दै प्रचण्ड


काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने कदम नचालेको भए उनको शक्ति
यतिसम्म कम हुँदैनथ्यो।कटवाल प्रकरणपछि उनले सत्तामात्र छाड्नुपरेन माओवादी कमजोर हुँदै पहिलोबाट तेस्रो शक्ति बन्ने आधार सृजना भयो।कटवाल प्रकरणपछि धक्का खाएका प्रचण्ड

त्यसपछि भएका दुई वटा निर्वाचनमा तेस्रो शक्तिका रुपमा खुम्चिए । उनको दल टुक्रा टुक्रा भयो ।कटवाललाई हटाउन प्रचण्डले ठूलै जोखिम मोलेका थिए । उनी त्यसमा सफल भएको भए अझ शक्तिशाली हुन्थे । तर, खेल उल्टो भयो । उनको शक्ति खेर गयो । त्यसपछि कमजोर अवस्थामा झरे ।अहिले प्रचण्ड फेरि अर्को राजनीतिक जोखिम मोल्ने तयारीमा छन् । उनले त्यसको स्पष्ट संकेत गरिसकेका छन् । प्रचण्ड प्रधानसेनापति चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने कदममा बढ्दैछन् ।जबराको राजीनामा माग्ने देखि महाभियोग लगाउनुपर्ने दबाब सृजना गर्ने अभियानमा लागेका अधिकांश कानुन व्यवसायीहरु प्रचण्डनिकट छन् । स्वयं प्रचण्डले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै महाभियोगको संकेत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि त्यही संकेत गरेका छन् ।

प्रचण्डका लागि संवैधानिक निकायमा भएका नियुक्ति महत्वपूर्ण बनेको छ । जुनसम्बन्धी विषय अदालतमा विचाराधीन छ । तर, जबरामाथि उक्त मुद्दा अगाडि नबढाएको आरोप छ । यसकारण पनि प्रचण्ड जबराबाट मुद्दा अगाडि बढाएर फैसला पक्षमा पार्ने या बर्हिगमनमध्ये एक चाहन्छन् ।

प्रचण्डले केही महिना अघि ठूलो जोखिम मोल्ने बताएका थिए । उनी अब जबरालाई महाभियोग लगाउने जोखिम मोल्न बढेको देखिदैछ । यो उनको राजनीतिक जीवनको अर्को जोखिम हुनेछ ।प्रचण्ड जबरालाई महाभियोग लगाएर सफलता हासिल गर्न सके देशको सबैभन्दा शक्तिशाली नेता बन्नेछन् । उनले फेरि नयाँ राजनीतिक ऊर्जा पाउनेछन् ।

यसमा असफल भए उनलाई कटवाल प्रकरणभन्दा पनि ठूलो धक्का लाग्न सक्छ । प्रचण्ड यसकारण पनि ठूलो राजनीतिक जोखिमका लागि तयार देखिएका छन् । सम्भवतः यो जनयुद्धपछि अर्को ठूलो जोखिम हुनसक्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार